+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट श्रेष्ठले दिइन् राजीनामा

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते ९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले हेटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिइ संरचना भत्काएपछि राजीनामा दिएकी छन्।
  • विद्या श्रेष्ठले सामाजिक सञ्जालमा 'आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु' लेख्दै पार्टी छाडेकी छन्।
  • उनले नैतिकताका कारण राजीनामा दिएको र हेटौंडा पीडितको साथमा रहने बताएकी छन्।

२० मंसिर, काठमाडौं। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् ।

सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोसित भएका उनले सामाजिक सञ्जालबाटै राजीनामा दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु

उनले उक्त पार्टीमा बसिरहन नैतिकताले नदिएको भन्‍दै हेटौंडा पीडितको साथमा रहनेसमेत बताएकी छिन् । अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन। म हेटौंडा पीडितको साथमा छु उनले लेखेकी छिन् ।

यस्तै उनले अर्को स्टाटसमा आफूभित्र नैतिकता भएकैले राजीनामा दिएको भन्दै बुझ्न आग्रह गरेकी छिन् । उनले भनेकी छिन् नैतिकता छ म मा। त्यसैले रानीनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु।बस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?