+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
४५ बलमा ६२ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
68/4 (12.3)
Shares

चिकित्सक संघको निर्वाचनमा डा.अरुण शाहीको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अरुण शाहीले नेपाल चिकित्सक संघको बागमती प्रदेश संयोजक तथा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

२१ मंसिर, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीले नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । चिकित्सक संघको निर्वाचन आगामी माघ २ र ३ गते काठमाडौं बाहिर र काठमाडौं उपत्यकामा १५, १६ र १७ गते हुँदैछ ।

उक्त निर्वाचनमा शाहीले बागमती प्रदेश संयोजक तथा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले ‘स्वास्थ्य सेवा र चिकित्सकहरूको हक–अधिकारका लागि कानूनी तथा संरचनागत सुधारका लागि प्रत्यक्ष भूमिका निर्वाह गर्न उम्मेदवारी दिएको बताएका छन् । डा.शाहीले

डा. शाहीले चिकित्सकको पेसागत नैतिकतालाई निर्वाचनमा पनि कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

‘उपचारमा जसरी हामी जात, धर्म, समुदाय, राष्ट्रियता वा राजनीतिक आस्थालाई हेर्दैनौं’ डा.शाही भन्छन्, ‘पेसागत संगठनमा पनि त्यही नैतिकतालाई केन्द्रमा राखौं ।’

संघको गरिमा र साख बढाउने राम्रा काममा आफू जो कोहीसँग पनि सहकार्य गर्ने तयार रहेको बताएका छन् । सबै अग्रज, सहकर्मी र सदस्यहरूसँग असीम साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?