+
+
Shares

जनकपुरमा प्रदेशस्तरीय लैंगिक समानता मेला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १८:०१
Listen News
0:00
0:30
🔊

२१ मंसिर, जनकपुरधाम । भोलि सोमबारदेखि २३ मंसिरसम्म जनकपुरधाममा लैंगिक समानता मेला आयोजना हुने भएको छ ।

जनकपुर उपमहानगरपालिका–८ स्थित मिथिला विकास कोष भवनमा आयोजन हुन लागेको मेलामा सिर्जनशीलता, कला, मनोरञ्जनात्मक खेल, संस्कृति तथा प्रविधिमैत्री गतिविधिहरू मार्फत लैंगिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ ।

मधेशको खेलकुद तथा सामाजिक विकास मन्त्रालयको संयोजनमा, नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको ‘लैंगिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल’, राष्ट्रिय महिला आयोग, मधेशी आयोगको सहकार्य तथा बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन निड, हामी दाजुभाइ र दिव्य विकास स्रोत केन्द्रको संयुक्त साझेदारीमा मेला आयोजन हुन लागेको हो ।

लैंगिक हिंसा विरुद्धको अभियानलाई थप बलियो बनाउने उद्देश्य सहित समानतामूलक समाज निर्माण गर्ने साझा प्रतिबद्धता विकसित गर्न मेला आयोजना गर्न लागिएको परियोजना व्यवस्थापक समीक्षा खड्काले बताइन् ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले लैंगिक हिंसासम्बन्धी कानुनी साक्षरताबारे जानकारी दिने बुथ राखी सचेतना फैलाउनेछन् ।

विभिन्न संस्थाहरूले विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधि गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?