२१ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार संसद् सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफूहरूले प्रतिनिधिसभा नभए पनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिए पनि सो अनुसार काम हुन नसकेकोप्रति सभामुख घिमिरेले गुनासो गरेका हुन् ।
संसद्का कर्मचारीहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुन लगायतका व्यवस्था गर्न संसद् एकेडेमी आवश्यक रहेको समेत उनले बताए ।
सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसद्लाई स्थापित गराउने काममा लाग्न पनि ढिलाइ गर्न नहुने बताए ।
प्रतिक्रिया 4