+
+
Shares

निक्की उपाध्यक्ष रवि रायावरमको बिदाइ

आईटीसीमा रायावरमको पदोन्नति भई कोलकाता सरुवा भएपछि निक्कीबाट पनि उनको बिदाइ गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते ११:४८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल-भारत उद्योग वाणिज्य संघले उपाध्यक्ष रवि रायावरमलाई आईटीसीमा पदोन्नति भएपछि बिदाइ गरेको छ।
  • सूर्य नेपालका प्रबन्ध निर्देशकमा गौरव तायल नियुक्त भएका छन् र उनी निक्कीका सदस्य पनि भएका छन्।
  • निक्कीका अध्यक्ष सुनिल केसीले रायावरमले निक्की र नेपालको अर्थतन्त्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए।

२ पुस, काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) ले उपाध्यक्ष रवि रायावरमलाई बिदाइ गरेको छ ।

आईटीसीको सहायक कम्पनी सूर्य नेपालका प्रबन्ध निर्देशक रहेका रायावरम गत वर्षदेखि निक्कीमा उपाध्यक्ष थिए । तर, आईटीसीमा उनको पदोन्नति भई कोलकाता सरुवा भएपछि निक्कीबाट पनि उनको बिदाइ गरिएको हो ।

सूर्य नेपालका प्रबन्ध निर्देशकमा गौरव तायल नियुक्त भएका छन् । तायल निक्कीको सदस्य पनि नियुक्त भएका छन् ।

बिदाइ कार्यक्रममा निक्की अध्यक्ष सुनिल केसीले भारतीय संयुक्त लगानीका प्रमुख कम्पनीमध्ये एक सूर्य नेपालका नेतृत्वकर्ता रूपमा रायावरमले निक्की र नेपालको अर्थतन्त्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए ।

निक्कीका कार्यकारिणी सदस्य शशिकान्त अग्रवालले भविष्यमा अझ ठूलो भूमिकामा नेपाल फर्केर आउन शुभकामना दिए ।

‘भविष्यमा अझ ठूलो भूमिकामा रायावरमलाई नेपालमा पुन: स्वागत गर्न चाहन्छौं,’ निक्कीका संस्थापक कार्यकारिणी सदस्य अग्रवालले भने ।

निक्की अन्तर्गतको भारतीय व्यवसाय फोरम (आईबीएफ) का सहअध्यक्ष सैबल घोषले पनि निक्कीमा सक्रिय भूमिका निर्वाह गरेको तथा द्विपक्षीय व्यापार र अर्थतन्त्रमा पुर्‍याएको योगदानका लागि रायावरमलाई धन्यवाद दिए ।

त्यस्तै निक्की उपाध्यक्ष कुनाल कायल तथा नेसनल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवनीत गुप्ता, जलविद्युत् उत्पादक उत्तम लामा लगायत  कार्यकारिणी सदस्यहरूले रायावरमको अथक समर्पण र योगदानका लागि धन्यवाद व्यक्त गरे ।

सूर्य नेपालका नवनियुक्त प्रबन्ध निर्देशक तायलले रायावरम र निक्कीलाई प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?