News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा १५ दिन अवधिमा स्टिम जिरा मसिनो र लङ्ग्रेन बासमती चामलको भाउ प्रतिकिलो १० देखि २० रुपैयाँ घटेको छ।
- नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार १५ मंसिरमा स्टिम जिरा मसिनो चामलको भाउ ८५ रुपैयाँ थियो, जुन १ पुसमा ७५ रुपैयाँ कायम छ।
- लङ्ग्रेन बासमती २ नम्बर चामलको भाउ पनि १५ दिनमा २० रुपैयाँ घटेर १ सय ४० रुपैयाँमा आइपुगेको संघले जनाएको छ।
३ पुस, काठमाडौं । स्थानीय बजारमा १५ दिन अवधिमा स्टिम जिरा मसिनो चामल र लङ्ग्रेन बासमती चामलको भाउ घटेको छ ।
नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार १५ मंसिरदेखि १ पुससम्म अवधिमा स्टिम जिरा मसिनो र लङ्ग्रेन बासमती २ नम्बर चामलको भाउ प्रतिकिलो १० देखि २० रुपैयाँ घटेको हो ।
१५ मंसिरमा स्टिम जिरा मसिनो २ नम्बर चामलको भाउ प्रतिकिलो ८५ रुपैयाँ कायम थियो । १ पुसमा उक्त चामलको भाउ १० रुपैयाँ घटेर प्रतिकिलो ७५ कायम छ ।
यस्तै लङ्ग्रेन बासमती २ नम्बर चामलको भाउ पनि १५ दिन अवधिमा प्रतिकिलो २० रुपैयाँ घटेको छ । १५ दिनअघि १ सय ६० रुपैयाँमा किनबेच भएको लङ्ग्रेन बासमती २ नम्बर चामलको भाउ अहिले १ सय ४० रुपैयाँ कायम छ ।
संघले प्रत्येक महिना दुई पटक खाद्यान्नको भाउ सार्वजनिक गर्दै आएको छ । खुद्रामा भने संघले तोकेको मूल्यभन्दा फरक मूल्यमा खाद्यान्न किनबेच हुँदै आएको छ ।
प्रतिक्रिया 4