News Summary
Generated by OK AI. Editorially reviewed.- प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ।
- लाभांशमा ८ प्रतिशत सेयर बोनस र ०.४२१ प्रतिशत नगद लाभांश समावेश छ।
- कुल १ अर्ब ६३ करोड रुपैयाँ बराबर लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।
४ पुस, काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत सेयर बोनस रहेको छ भने कर प्रयोजनाका लागि मात्रै ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कुल १ अर्ब ६३ करोड रुपैयाँ बराबर लाभांश प्रदान हुने बैंकले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २४८.४० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4