News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टीको सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।
- राईले अमेरिकामा रहेकी बेला रास्वपामा उम्मेदवारको सूचीमा परेको जानकारी दिइन् र जनवरी २ मा नेपाल फर्किएर थप छलफल गर्ने बताइन्।
- रास्वपाले पुस ५ गते प्रारम्भिक सूचीका उम्मेदवारहरूसँग छलफल गर्नेछ, तर राई छलफलमा सहभागी नहुने जानकारी दिइएको छ।
४ पुस, विराटनगर । ‘तिमीलाई हङकङ पुर्यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् ।
खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ । उनी चलचित्र निर्माता नवल खड्काकी श्रीमती हुन् ।
सांगीतिक कार्यक्रम र भेटघाटका लागि अमेरिकामा रहेकी राईले रास्वपामा सामानुपातिक उम्मेदवारकाे प्रारम्भिक सूचीमा परेकाे जानकारी दिइन् ।
निर्वाचित भएर काम गर्ने इच्छा रहेकाे पनि बताइन् । ‘साथी भाइहरूले पार्टीमा जोडिएर काम गर्नुपर्छ भन्नुभएको छ,’ अनलाइनखबरसँगको सम्पर्कमा उनले भनिन्, ‘म अहिले बाहिर छु, जनवरी २ मा फर्किएपछि थप छलफल गर्छाैं।’
रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्नेछ । अमेरिकामा रहेकी राईले भर्चुअल माध्यमबाट छलफलमा सहभागी हुने बताएकी छन् ।
नेपाल फर्किएपछि थप छलफल गर्ने उनले बताइन् । रास्वपाले सार्वजनिक गरेको उम्मेदवारको सर्टलिष्टमा खोटाङबाट राईको मात्रै नाम छ ।
प्रतिक्रिया 4