Listen News
0:00
0:30
४ पुस, काठमाडौं । एघारौं महाधिवेशनबाट चुनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बसिरहेको हो । बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको वर्चस्व छ । ओली प्यानलबाट २२७ जना सदस्य निर्वाचित भएका छन् ।
एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4