+
+
Shares

काठमाडौंमा रविलाई बाजागाजासहित स्वागत (तस्वीरहरू)

उनले विमानस्थलमै केहीबेर सम्बोधन गर्दै आफू राजनीतिमा पुस्ताका लागि आएको र तत्कालका लागि मात्रै नहेरेको बताए ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ पुष ५ गते १६:००
Listen News
0:00
0:30
🔊

५ पुस, काठमाडौं । कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

सकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछाने उच्च अदालत बुटवलको आदेशपछि हिजोमात्रै धरौटी रकम बुझाएर रिहा भएका थिए ।

रिहा भएलगत्तै उनी चितवन पुगेका थिए । चितवनमा शनिबार सभा आयोजना गरिएको थियो ।

उक्त सभालाई सम्बोधन गरेर रवि हवाइमार्ग हुँदै काठमाडौं आएका हुन् । उनलाई विमानस्थलमा बाजागाजासहित समर्थकहरूले स्वागत गरेका छन् । उनले विमानस्थलमै केहीबेर सम्बोधन गर्दै आफू राजनीतिमा पुस्ताका लागि आएको र तत्कालका लागि मात्रै नहेरेको बताए ।

साथै, उनले परिवर्तनका लागि नयाँहरू मिल्ने पनि दोहोर्‍याए । आफू पदका लागि मरिहत्ते नगर्ने र देश र पार्टी बनाउनका लागि लागिपर्ने जिकिर गरे ।

लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम तय छ । उनी विमानस्थलबाट सोझै जेनजी घाइतेहरूलाई भेट्न जाने उनी निकट नेताहरूले बताएका छन् ।

त्यस्तै, उनलाई भोलि पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?