+
+
Shares

प्रतिकूल मौसमले तीन विमानस्थल बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिकूल मौसमका कारण भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् भने धनगढी विमानस्थल भर्खरै खुलेको छ।
  • काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बाक्लो हुस्सुका कारण तराई भेगका अधिकांश विमानस्थल बिहान बन्द हुने र दिउँसोपखबाट क्रमशः खुल्ने जानकारी दिनुभयो।
  • काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको छ।

७ पुस, काठमाडाैं । प्रतिकूल मौसमका कारण तीन आन्तरिक विमानस्थल बन्द छन् । काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अहिले भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् । धनगढी विमानस्थल भर्खरै खुलेको छ ।

अन्य विमानस्थलहरूमा भने नियमित उडान भइरहेको उनले जानकारी दिए । बाक्लो हुस्सुका कारण बिहानको समयमा तराई भेगका अधिकांश विमानस्थल बन्द हुने गरेका छन् । दिउँसोपखबाट मात्रै क्रमशः विमानस्थलहरू खुल्ने गरेको उनले जानकारी दिए ।

काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?