+
+
Shares

भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते ९:१९

१५ कात्तिक, काठमाडौं । मौसम खराबीका कारण विभिन्न  विमानस्थलहरू बन्द भएका छन्।

भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् ।

आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ भएको छ ।

बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?