News Summary
Generated by OK AI. Editorially reviewed.- लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानीलाई बुटवल–भैरहवा र नेपालगञ्जसँग जोड्न आवश्यक भएको बताए।
- मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानीसँग जोडिएका सडक छिटो व्यवस्थित बनाउन पहल जारी राखेको जानकारी दिए।
- कार्यक्रममा कृषि, लगानी, राप्ती सभ्यता, स्वर्गद्वारी मन्दिर लगायतलाई राजधानीसँग जोड्न सुझाव दिइएको थियो।
७ पुस, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसावले चलायमान बनाउन बुटवल–भैरहवा र नेपालगञ्जसँग जोड्न आवश्यक भएको बताएका छन् ।
लुम्बिनीका मुख्य मन्त्रीसहितको उपस्थितिमा ‘प्रदेश राजधानीको मास्टर प्लान’ समीक्षा कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उत्तर–दक्षिण, पूर्व–पश्चिमका पूर्वाधार, शहर तथा नाकालाई जोडेर अघि बढ्दा राजधानीको प्रभावकारिता बढ्ने धारणा व्यक्त गरे ।
उनले लुम्बिनी प्रदेशको राजधानीमा लगानीका लागि धेरै अवसर रहेको उल्लेख गर्दै पानी, यातायातसहित आवश्यक पूर्वाधार उपलब्ध भए निजी क्षेत्रको लगानी बढ्ने विश्वास व्यक्त गरे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानीसँग जोडिएका सडकहरूलाई छिटो भन्दा छिटो व्यवस्थित रुपमा अघि बढाउने उल्लेख गर्दै पर्यटकीय क्षेत्रलाई पनि जोड्न पहल जारी राखेको जानकारी दिए । उनले लगानी जुटाउन सहयोग गर्न पनि आग्रह गरे ।
कार्यक्रमका सहभागीहरुले कृषि, लगानी, राप्ती सभ्यता, स्वर्गद्वारी मन्दिर, स्वास्थ्य, शिक्षा, जनजीवन लगायतलाई पनि राजधानीसँग जोड्न आवश्यक भएको धारणा व्यक्त गरेका थिए ।
उनीहरूले सुझावलाई समेटर मास्टर प्लानलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताए । लुम्बिनी प्रदेशको राजधानी सम्बन्धी मास्टर प्लान तयार भई कार्यान्वयन प्रकृयामा छ । कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव, लगानी बोर्डका सहसचिव, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष, लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, विज्ञ लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4