+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
८५ बलमा १३९ रन आवश्यक
कर्णाली याक्स 2025
63/1 (5.5)
Shares

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १८:१६

१६ मंसिर, तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ ।

नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रुपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो । समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन हुनुभएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उनी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

उनको शपथग्रहणसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यो सँगै लुम्बिनी प्रदेश सभामा ८७ जजना सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?