+
+
Shares

लुम्बिनी प्रदेशमा एक महिनामै विपद्का घटनामा ४३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ७:३१

१९ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्का घटनामा परेर ४३ जनाको मृत्यु भएको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् ।

बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायतका ३३५ वटा घटना हुँदा मानवीय क्षति भएको केन्द्रले जनाएको छ ।

बाढीमा परेर २, पानीमा डुबेर २७, आगलागीमा परेर १, विषाक्त खाद्य सेवनका कारण ४, सर्पदंशका कारण ८ र अन्यमा १ गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रदेशस्तरीय विवरणअनुसार दाङमा ७, कपिलवस्तुमा ९, रूपन्देहीमा ५, बाँकेमा २, गुल्मीमा २, पाल्पामा २, प्यूठानमा ४, बर्दियामा ३, अर्घाखाँचीमा २, नवलपरासी पश्चिममा २, रुकुम पूर्वमा एक र रोल्पामा ४ जनाको मृत्यु भएको छ ।

यी घटनाले ५१ लाख बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ । २१ निजी घर पूर्ण क्षतिग्रस्त भएका छन् भने १२ आंशिक क्षति भएका छन् । त्यस्तै, एक सरकारी भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा दुईवटा भवन आंशिक क्षति भएका छन् । पशु क्षति ३० र गोठ क्षति २० रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद् न्यूनीकरण तथा उद्धारमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई अझ सशक्त बनाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?