+
+
Shares

राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १९:१५
बायाँबाट क्रमशः अनिलकुमार सिन्हा, जगदीश खरेल र अजयभद्र खनाल ।

७ पुस, काठमाडौं । राजनीतिक दलहरूसँग संवाद गर्नका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिले मंगलबार मुख्य दलहरूका कार्यालयहरूमै गएर छलफल गर्ने भएको छ ।

सरकारले कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति बनाएको थियो ।

दलहरूसँगको संवादको सहजीकरणका लागि सरकारले मन्त्रीहरू सम्मिलित समिति नै बनाएर संवाद गर्न लागेको हो ।

समिति मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, १ बजे नेकपा एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिस डाँडा जाने तय भएको छ ।

तीनै दलका कार्यालयहरू जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?