+

नापोलीले जित्यो इटालियन सुपर कपको उपाधि

२०८२ पुष  ८ गते ८:४७ २०८२ पुष ८ गते ८:४७
नापोलीले जित्यो इटालियन सुपर कपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेभिड नेरेसको दुई गोल मद्दतमा नापोलीले साउदी अरेबियाको रियाधमा बोलोग्‍नालाई २-० ले हराउँदै इटालियन सुपर कप जितेको छ।
  • नापोलीका मातेओ पोलितानोले भने, 'हामी इटालीका च्याम्पियन भएर आएका थियौं। यो ट्रफी जित्ने लक्ष्य थियो र राम्रो प्रदर्शन गर्‍यौं।'
  • यो नापोलीको तेस्रो सुपर कप उपाधि हो र प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।

८ पुस, काठमाडौं । डेभिड नेरेसको दुई गोल मद्दतमा इटालियन सिरी ए च्याम्पियन नापोलीले बोलोग्‍नालाई हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ।

साउदी अरेबियाको रियाधमा भएको फाइनल खेलमा नापोली २-० ले विजयी भएको हो ।

ब्राजिलियन विंगर नेरेसले ३९औं मिनेटमा पहिलो गोल । दोस्रो हाफको ५७औं मिनेटमा नेरेसले अर्को गोल थपे।

जितपछि नापोलीका खेलाडी मातेओ पोलितानोले भने, ‘हामी इटालीका च्याम्पियन भएर आएका थियौं। यो ट्रफी जित्ने लक्ष्य थियो र राम्रो प्रदर्शन गर्‍यौं।’

यो नापोलीको तेस्रो सुपर कप उपाधि हो। नेरेसले यस प्रतियोगितामा कुल तीन गोल गरे, जसमा एसी मिलानविरुद्धको सेमिफाइनलको एक गोल पनि समावेश छ।

पहिले यो प्रतियोगिता लिग र कप विजेताबीच मात्र हुन्थ्यो। तर २०२३ देखि चार टोली सहभागी हुने व्यवस्था गरिएको छ। यो प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।

इटालियन सुपर कप नापोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय