+
+
Shares

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले ९ पुसमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
  • बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने र १५ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने छ।
  • पूर्वनिर्धारित समयावधिभित्र सदस्यता नवीकरण नहुँदा महाधिवेशन कार्यतालिका फेरबदलको तयारी भइरहेको छ।

८ पुस, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बुधबार (भोलि) का लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।

१५ औं महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तायरी गरेको छ ।

संस्थापन पक्ष आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा २६ पुसमा वडा अधिवेशन गर्नुपर्ने बताइरहेका स्रोतको भनाइ छ ।

१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?