+
+
Shares

उवासंघ चितवन अधिवेशन : चिरञ्जीवी सुवेदी समूहको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:१४

८ पुस, चितवन । उद्योग वाणिज्य संघ चितवनको ५९औं वार्षिक साधारणसभा तथा अधिवेशनमा संस्थापन पक्षबाट चिरञ्जीवी सुवेदी नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्षमा सुवेदीसहित पदाधिकारीहरूको उम्मेदवारी घोषणा गरिएको  हो ।

सुवेदी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, उपाध्यक्षहरूमा अशोक अधिकारी, नारायण प्रधान र राजन पिया रहेका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी संघको हाल वरिष्ठ उपाध्यक्ष रहेका छन् । आगामी १९ पुसमा उद्घाटन हुने संघको ५९औं साधारण सभा तथा अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि २१ पुसमा निर्वाचन हुने वरिष्ठ उपाध्यक्षका उम्मेदवार राजेन्द्र ओलीले जानकारी दिए ।

अध्यक्षका उम्मेदवार सुवेदीले उद्योग वाणिज्य संघ चितवनको संस्थागत विकासमा आफूले साधारण सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्म काम गरिसकेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।

सुवेदी २०६० सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै आएका छन् ।

अध्यक्षका प्रत्यासी सुवेदीले सुवेदीलाई संघलाई सबैभन्दा नजिकबाट आफूले बुझेको भन्दै यसभित्रका समस्या समाधानका लागि निरन्तर लाग्दै आएको बताए ।

उद्योग वाणिज्य संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन हुनेछ । अध्यक्षसहित ५ जना पदाधिकारी र २३ जना सदस्य चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?