+
+
Shares

गगन पक्षका पूर्वसांसदले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर

विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पुरक रिटमा महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पुरक रिटमा महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्।
  • कांग्रेसमा संसद् पुनर्स्थापनाका लागि ६५ बढी पूर्व सांसदले हस्ताक्षर गरेका छन्, तर बहुमतका लागि १३८ सांसद आवश्यक छ।
  • प्रतिनिधि सभा पुर्नस्थापनाको विपक्षमा रहेका नेता अर्जुननरसिंह केसीले संसद् पुनर्स्थापना समाधान नभएको बताएका छन्।

९ पुस, काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पुरक रिटमा महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् ।

विघटित संसद् पुर्नबहालीको मागका लागि बहुमत सदस्य पुर्‍याउनका लागि कांग्रेसमा हस्ताक्षर संकलन गरिएको थियो । कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले ६५ बढी पूर्व सांसदको हस्ताक्षर गर्ने दाबी गरेका थिए । बहुमतका लागि १३८ सांसद आवश्यक पर्दछ ।

सभापति शेरबहादुर देउवा पक्षका सबैजसो पूर्वसांसदले हस्ताक्षर गरेका छन् । तर, देउवा र उनकी पत्नी आरजु राणाले भने संसद् पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् ।

महामन्त्री गगन पक्षका पूर्वसांसदहरुले हस्ताक्षर गरेका छैनन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, पूर्वसांसदहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल, लिला बोखिम (लिम्बू), प्रतिमा गौतम, कुसुम थापा, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, सीता मिजारलगायतले हस्ताक्षर गरेका छैनन् ।

प्रतिनिधि सभा पुर्नस्थापनाको विपक्षमा रहेका नेता अर्जुननरसिंह केसीले संसद् ब्युँतिनु समस्याको समाधान नभएको बताए । केसीले अनलाइनखबरसँग भने,‘संसद् पुनर्स्थापना समाधान होइन । पार्टीले चुनावमा जाने भनेर निर्णय गरिसकेको छ । मैले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरिनँ । जुन साथीहरूले हस्ताक्षर गर्नुभयो व्यक्तिगत रुपमा गर्नुभयो ।’

कार्यवाहक सभापति पूर्णबहादुुर खड्का र उपसभापति धनराज गुरुङले पनि हस्ताक्षर गरेका छैनन् । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन् । उनी पक्षीय पूर्वसांसदहरू अधिकांशले भने हस्ताक्षर गरेका छन् ।

कोइराला पक्षका पूर्वसांसद हृदयराम थानीले संसद् पुर्नस्थापनाको मागमा आफू सहमत नभएको बताए । थानीले भने,‘म गर्दिन भनिदिएको छु । जे जे गर्नुपर्छ तपाईँहरू गर्नुस् भनिदिएको छु । फ्रेस म्याण्डेटमै जानुपर्छ भन्ने मेरो विचार हो ।’ संस्थापनइतरकै पूर्वसांसद सुरेन्द्रराज आचार्य पनि हस्ताक्षर गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?