+
+
Shares

पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन्।
  • थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई कार्यवाहक दिएको उल्लेख गरे।
  • थापाले 'सभापतिले कार्यवाहक दिनु भएको छ । नाम मात्रको कार्यवाहक दिनु भयो' भने।

९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् ।

पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई कार्यवाहक दिएको बताएका हुन् ।

‘सभापतिले कार्यवाहक दिनु भएको छ । नाम मात्रको कार्यवाहक दिनु भयो । आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै (देउवाकहाँ) छ,’ थापाले भने ।

गत असोज २८ गतेको केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । भदौ २४ मा जेनजी आन्दोलनकारीको आक्रमणमा परेका देउवा दम्पतीत्यसपछि उपचारका लागि विदेश गएको थियो ।

विदेशबाट एक महिनापछि फर्किँदा पनि कांग्रेस केन्द्रीय समिति बैठक जारी नै थियो । त्यसपछि देउवा पुन: पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले अन्य राजनीतिक दलका नेतृत्व, सरकारसँगको संवाद, राष्ट्रपतिसँग छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?