१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ ।
सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ । स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछ ।
यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए ।
आजको छलफलमा यिनै विषयमा छलफल हुने स्रोतको भनाइ छ ।
बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् ।
आज बिहीबार मात्रै उनले मन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् । रविसँगको छलफल टुंगोमा नपुगेपछि बालेन आफ्नै नेतृत्वमा दल बनाउने गरी सक्रिय भएका छन् ।
प्रतिक्रिया 4