+
+
Shares

सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु : रमेश लेखक

‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १६:२४

१० पुस, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् ।

‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने ।

उनले भोलि (शुक्रबार) का लागि आयोगले बोलाएको तर आफू सोमबारमात्रै जाने बताए ।

‘उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ । मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म जान्छु,’ लेखकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?