+
+
Shares

पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक

बयान दिन जाने कि नजाने त? भन्ने अनलाइनखबरको प्रश्नमा लेखकले आफूले त्यसबारे निर्णय गरिनसकेको जवाफ दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनताकाका गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगले पठाएको बयानका लागि पत्र प्राप्त नगरेको बताएका छन्।
  • जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका घटनामा लेखकलाई बयानका लागि मंगलबार उपस्थित हुन आग्रह गरेको छ।
  • आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।

८ पुस, काठमाडौँ । जेनजी आन्दोलनताकाका गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरिनसकेको बताएका छन् ।

बयान दिन जाने कि नजाने त? भन्ने अनलाइनखबरको प्रश्नमा लेखकले आफूले त्यसबारे निर्णय गरिनसकेको जवाफ दिए ।

जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र लेखेको छ । आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले लेखकलाई बयानका लागि उपस्थित हुन आग्रहसहित पत्र लेखिएको जानकारी दिए ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । जेनजी आन्दोलनकोक्रममा भएको मानवीय क्षतिमा लेखक गृहमन्त्री भएकाले जवाफदेही हुनुपर्ने आवाज उठिरहेको छ ।
त्यस्तै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने तयारी गरेको तर अहिलेसम्म पत्र नकाटिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । यो आयोगको कार्यकाल तीन महिना तोकिएको थियो। तीन महिनाको समयमा काम नसकिएको भन्दै हालैको मन्त्रिपरिषद् बैठक एक महिना समय थप गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?