+
+
Shares

‘सरकारले फागुनमा चुनावको वातावरण बनाउन नसके वैशाखमा गर्न उपयुक्त हुुन्छ’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनमा चुनाव गर्न सरकारले वातावारण निर्माण गर्न नसके वैशाखमा उपयुक्त हुने धारणा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १८:११

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनमा चुनाव गर्न सरकारले वातावारण निर्माण गर्न नसके वैशाखमा उपयुक्त हुने धारणा राखेका छन् ।

पार्टीको कार्यसम्पादन समितिको बैठकमा आज बोल्ने क्रममा महामन्त्री शर्माले सर्वपक्षीय संवाद गरेर बैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिनुपर्ने विचार राखेका हुन् । बैठकमा महामन्त्री शर्माले भने,‘चुनाव हुन कि त सरकारले वातावरण बनाउन सक्नैपर्छ कि त सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ ।’

फागुन २१ मा निर्वाचन गर्न उपयुक्त वातावरण बन्न नसकेको महामन्त्री शर्माको ठहर थियो । पूर्वनिर्धारित समय अनुसार चुनाव गर्न संवैधानिक प्रश्नलाई सम्बोधन गर्न फागुन २१ मा ७ प्रदेशको ७ क्षेत्रमा गर्न सकिने विकल्प पनि उनले देखाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?