+
+
Shares

निर्वाचन आयोगको निष्कर्ष- चुनावको वातावरण बनिसक्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १५:३७

११ पुस, काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि अनुसार वातावरण बनेको निष्कर्ष निकालेको छ । यसअनुसार आयोगले काम अगाडि बढाएको आयोगका सहसचिव एव प्रबक्ता नारायण प्रसाद भट्टराईले बताए ।

आयोगले आज चुनावसँग सम्बन्धित सूचना दिन ईआइएडीसी स्थापना गरेको छ । ईआइएडीसीको स्थापनाको जानकारी दिन आयोगले विशेष कार्यक्रम नै आयोजना गर्‍यो ।

जहाँ आयोगका कामकारबाहीबारे प्रस्तुतिकरण गर्दै सहसचिव भट्टराईले भने, ‘निर्वाचनको लागि अनुकुल वातावरण बनेको आयोगको निष्कर्ष रहेको छ ।’

चुनावको लागि अनुकुल वातावरण बनेको आधारका रुपमा उनले निर्वाचनमा भाग लिने दलको संख्या बढेको, मतदाताको संख्या बढेको, मतदान स्थल र मतदान केन्द्रको संख्या वृद्धि भएको र निर्वाचनमा पर्यवेक्षण गर्ने सस्थाहरु बढेकोलाई देखाएका छन् । यसो हुनुने सबै पक्ष चुनावको लागि तयार रहेको सन्देश दिएको पनि उनले बताए ।

सहसचिव भट्टराईका अनुसार २०७९ को चुनावमा भन्दा आगामी चुनावमा १० लाख बढी मतदाता थपिएका छन् । अघिल्लो चुनावमा ८७ दलले भाग लिएका थिए । आगामी चुनावमा ११४ दलले सहभागीता जनाउने जानकारी आयोगलाई दिएका छन् ।

पर्यवेक्षण गर्ने संस्थाहरूमा अघिल्लो चुनावमा भन्दा बढिले आयोगबाट स्वीकृति लिइसकेका छन् । केही सस्था भने थपिने क्रममा छन् ।

समानुपातिकतर्फको निर्वाचन कार्यलय स्थापना भइसकेको छ । सरकारले बजेट विनियोजन गरिसकेको छ । यही पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?