News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरकर्मी आर्यन धिमालकी आमा टेकमाया धिमालको ६२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको छ।
- टेकमायाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको थियो र उनको शव झापा पुर्याएर अन्त्येष्टि गरिनेछ।
- टेकमायाका दुई छोरा र तीन छोरी छन् र अनलाइनखबर परिवारले धिमाल परिवारप्रति समवेदना व्यक्त गरेको छ।
११ पुस, काठमाडौं । अनलाइनखबरकर्मी आर्यन धिमाललाई मातृशोक परेको छ । उनकी आमा टेकमाया धिमालको आज ६२ वर्षको उमेरमा निधन भएको छ ।
झापाको साविक लखनपुर-९ घर भएकी टेकमायाको काठमाडौंमा उपचारको क्रममा आज निधन भएको हो ।
पाठेघरको क्यान्सरबाट पीडित टेकमायाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको थियो । उनको शव आजै झापा पुर्याएर परम्पराअनुसार अन्त्येष्टि गरिने धिमाल परिवारले जनाएको छ ।
टेकमायाका दुई छोरा र तीन छोरी छन् । अनलाइनखबरका फोटो पत्रकार आर्यन उनका कान्छा छोरा हुन् ।
अनलाइनखबर परिवार स्वर्गीय टेकमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त धिमाल परिवारप्रति समवेदना व्यक्त गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4