News Summary
Generated by OK AI. Editorially reviewed.- नवौँ एनभीए महिला भलिबल च्याम्पियनसिप २०८२ मा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्।
- नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेश भलिबल संघलाई २५-१०, २५-६, २५-११ ले पराजित गरेको छ।
- त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबलाई २५-१६, २५-१४, २५-२३ ले हराएको छ।
११ पुष, काठमाडौं । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा शुक्रबार भएको समूह ए को पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेश भलिबल संघलाई सोझो सेटमा हरायो ।
एकपक्षीय खेलमा पुलिसले सुदूरपश्चिमलाई २५-१०, २५-६, २५-११ ले पराजित गरेको हो ।
यस्तै महिलातर्फको दोस्रो खेलमा समूह ए मा रहेको आर्मीले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५-१६, २५-१४, २५-२३ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
प्रतियोगिता अन्तर्गत महिलातर्फ शनिबार पनि दुई खेल हुनेछ । पहिलो खेल समूह ए मा रहेको न्यु डायमण्ड र चुली युथ क्लब तथा दोस्रो खेल समूह बी मा रहेको एपीएफ र मधेश स्पोर्ट्स काउन्सिलबीच हुनेछ ।
प्रतिक्रिया 4