+

बीपीएल २०२५ को पहिलो खेलमा सन्दीपले लिए २ विकेट

२०८२ पुष  ११ गते १६:५९ २०८२ पुष ११ गते १६:५९
बीपीएल २०२५ को पहिलो खेलमा सन्दीपले लिए २ विकेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशमा सुरु भएको पहिलो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका छन्।
  • सन्दीपले रोनी तालुकदारलाई बोल्ड र हजरतुल्लाह जाजाइलाई स्टम्प आउट गरे।
  • सिलहेट टाइटन्सले २० ओभरमा ५ विकेट गुमाएर १९० रन बनाएर राजशाहीलाई १९१ रनको लक्ष्य दिएको छ।

११ पुस, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा राजशाही वारियर्सबाट खेलिरहेका नेपाली क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् ।

सिलहेट टाइटन्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका हुन् । उनले रोनी तालुकदार र हजरतुल्लाह जाजाइलाई आउट गरे ।

४१ रन बनाएर खेलिरहेका रोनीलाई बोल्ड गरेका सन्दीपले जाजाइलाई २० रनमा स्टम्प आउट गराए ।

सिलहेटले २० ओभरमा ५ विकेट गुमाएर १९० रन बनाउँदै राजशाहीलाई १९१ रनको लक्ष्य दिएको छ ।

सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय