News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा राजशाही वारियर्सले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ।
- नेपाली लेगस्पीनर सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका थिए।
- सन्दीपले रोनी तालुकदारलाई बोल्ड र हजरतुल्लाह जाजाइलाई स्टम्प आउट गराएका थिए।
११ पुस, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ ।
राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो । सिलहेटले दिएको १९१ रनको लक्ष्य राजशाहीले २ बल बाँकी छँदा २ विकेटको क्षतिमा पूरा गर्यो ।
नजमुल होसेन शान्तोले अविजित १०१ रन बनाए भने मुस्फिकर रहिमले अविजित ५१ रन बनाए ।
त्यसअघि सिलहेटले २० ओभरमा ५ विकेट गुमाएर १९० रन बनाउँदै राजशाहीलाई १९१ रनको लक्ष्य दिएको थियो ।
सन्दीपले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका थिए । उनले रोनी तालुकदार र हजरतुल्लाह जाजाइलाई आउट गरेका थिए ।
४१ रन बनाएर खेलिरहेका रोनीलाई बोल्ड गरेका सन्दीपले जाजाइलाई २० रनमा स्टम्प आउट गराए ।
प्रतिक्रिया 4