+
+
Shares

रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

विस्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ पुष १२ गते १०:१५

१२ पुस, रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

कटहरीया नगरपालिका-९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्।

बिहान अचानक ठूलो आवाज सहित डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए ।

विष्फोटबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?