+

नवाैं एनभीए भलिबल च्याम्पियनसिप : रुकुम पश्चिम र आर्मीको विजयी सुरुवात

२०८२ पुष  १२ गते १९:१५ २०८२ पुष १२ गते १९:१५
नवाैं एनभीए भलिबल च्याम्पियनसिप : रुकुम पश्चिम र आर्मीको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जारी नवौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्।
  • महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले कर्णालीको चुली युवा क्लबलाई २५-१०, २५-५, २५-१५ ले हराएको छ।
  • एपीएफ क्लबले मधेश प्रदेश खेलकुद परिषद्लाई २५-४, २५-५, २५-४ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ।

१२ पुस, काठमाडौं । काठमाडौंमा जारी नवौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-१९, २५-२१,२५-२१ को सेटमा पराजित गरेको हो ।

त्यस्तै आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ । आर्मीले कोशीलाई २५-२३, २७-२५, २७-२५ ले पराजित गरेको हो ।

महिलातर्फ एपीएफ र न्यु डायमण्ड विजयी

महिलातर्फको पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले कर्णालीको चुली युवा क्लबलाई २५-१०,२५-५,२५-१५ ल‌े हराउँदै विजयी सुरुवात गरेको छ ।

यस्तै एपीएफ क्लबले पनि मधेश प्रदेश खेलकुद परिषद्लाई साेझाे सेटमा हराउँदै विजयी सुरूवात गरेको छ । एकपक्षीय खेलमा एपीएफले मधेशलाई २५-४, २५-५, २५-४ ले पराजित गरेको हो ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय