News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले घरेलु मैदानमा ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गरेको छ।
- मार्टिन ओडेगार्डले एक गोल गरे भने आर्सनलले एक आत्मघाती गोल पाएको थियो।
- जितपछि आर्सनल १८ खेलमा ४२ अंकसहित शीर्षस्थानमा फर्किएको छ।
१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका डियगो गोमेजले गरेको गोल सान्त्वना बन्यो ।
खेलको १४औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा आर्सनल १-० ले अगाडि रह्यो ।
५२औं मिनेटमा ब्राइटनका जर्जिनियो रुट्टरबाट आत्मघाती गोल भएपछि आर्सनल २-० ले अगाडि बढ्यो । ६४औं मिनेटमा ब्राइटनका डिएगो गोमेजले गोल गर्दै गोलअन्तर घटाएपनि त्यसपछि कुनै गोल हुन सकेन ।
जितपछि १८ खेलमा ४२ अंक भएको आर्सनल शीर्षस्थानमा फर्किएको छ । आर्सनलको खेलअघि म्यान्चेस्टर सिटीले नोटिङहम फरेस्टलाई हराएर शीर्ष स्थानमा उक्लिएको थियो । ब्राइटन भने २४ अंकसहित १२औं स्थानमा छ ।
प्रतिक्रिया 4