News Summary
Generated by OK AI. Editorially reviewed.- उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक १३ पुस काठमाडौंमा बस्न लागेको छ।
- बैठक निर्वाचन आयोगका आयुक्त सगुनशम्शेर जबराको संयोजकत्वमा हुनेछ।
- बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालयका सचिव र सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन्।
१३ पुस, काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।
यो समिति निर्वाचन आयोगका आयुक्त सगुनशम्शेर जबराको संयोजकत्वमा छ । बैठक बस्न लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आगामी २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।
बैठकमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।
निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार समितिले निर्वाचन सुरक्षाको विषयमा छलफल गर्नुका साथै आवश्यक रणनीति समेत तय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4