+
+
Shares

म कांग्रेस बदल्न चाहन्छु, समानुपातिकबाट पनि चुनाव लड्दिनँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने स्पष्ट पारेका छन्।
  • शर्माले प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा समानुपातिकबाट संसद्‌मा जाने संकेत नभएको बैठकमा बताए।
  • उहाँले संसद्‌ नगई पार्टीमा काम गर्न र कांग्रेसलाई नयाँ ढंगले स्थापित गर्न समर्पित हुन चाहेको बताउनुभयो।

१३ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन् ।

आइतबारको कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै शर्माले आफूले प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकमार्फत जाने भन्ने नभएकोब ताएका हुन् ।

‘प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकबाट संसद्‌मा जाने भन्ने होइन,’ शर्माले बैठकमा भने, ‘पार्टीको महामन्त्री समानुपातिकमा बस्नु भनेको एक अर्को साथीको सभावना र अवसर खोस्नु हो । म त्यस्तो गर्न चाहन्नँ ।’

उनले संसद्‌ नगएर सम्पूर्ण समय पार्टीमा खर्चिन चाहेको पनि बताए ।

‘म संसद्‌मा नगएर सम्पूर्ण समय पार्टीमा काम गर्न चाहन्छु । कांग्रेसलाई बदल्न र आगामी दिनमा नयाँ ढंगले स्थापित गर्न जरुरी छ । म त्यसमै समर्पित हुन चाहन्छु’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?