+
+
Shares

अझै पनि नियमित महाधिवेशन सम्भव छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १९:३९

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सकेसम्म नियमित महाधिवेशन नै सम्भव बनाउनुपर्ने बताएका छन् ।

शुक्रबारको कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले नियमित महाधिवेशन सम्भव नहुने हुँदा मात्रै विशेष महाधिवेशन नै गर्नुपर्ने बताए ।

‘अझै पनि नियमित महाधिवेशन गर्न सकिन्छ भन्ने थोरै सम्भावना बाँकी छ,’ शर्माले बैठकमा भने, ‘तर त्यसका लागि नियमित महाधिवेशनको कार्यतालिका हेरफेर गरेर १५ औं महाधिवेशन संभव बनाऔं ।’

त्यसका लागि अविलम्ब कार्यतालिका हेरफेर गर्नुपर्ने पनि बताए ।

‘तर अविलम्ब कार्यतालिका हेरफेर गर्दै, नियमित महाधिवेशन संभव बनाउन सकिन्न भने तत्कालै बिशेष महाधिवेशनको प्रक्रिया थालनी गरौं,’ उनले बैठकमा भनेका छन् ।

पार्टी कार्यालयमा विशेष महाधिवेशन पधक्षरहरूले विशेष महाधिवेशन आह्वान गर्दै स्मृतिपत्र दर्ता गराएका थिए ।

त्यसलाई पनि गम्भीरताका साथ लिन महामन्त्री शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?