+
+
Shares

जाडोमा आगो ताप्दा सावधानी अपनाउन आग्रह

स्वास्थ्य मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

रासस रासस
२०८२ पुष १३ गते २०:२१
फाइल तस्वीर

१३ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए ।

उनले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोरदोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गरे ।

‘आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन अनुरोध छ,’ प्रवक्ता डा बुढाथोकीले भने ।

मन्त्रालयले हिटरको प्रयोग गर्दा समय समयमा बन्द गर्न, सुत्नुअघि अनिवार्य हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि अनुरोध गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?