+
+
Shares

फ्लोरिडामा भेटेपछि ट्रम्प र जेलेन्स्कीले भने– वार्ता ‘उत्कृष्ट’ र ‘शानदार’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते ८:३१
Listen News
0:00
0:30
🔊

१४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् ।

जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन्।

तर अमेरिकी राष्ट्रपतिले ‘एक–दुई अत्यन्तै जटिल विषय’ अझै बाँकी रहेको पनि बताएका छन् । उनका अनुसार जमिन (भू–भाग) सम्बन्धी प्रश्न सबैभन्दा कठिन बनेको छ ।

ट्रम्पले डोनबासमा फ्री–ट्रेड जोन स्थापना गर्ने विषयमा भने अहिलेसम्म सहमति हुन नसकेको बताए ।

प्रेस कन्फरेन्सका क्रममा एक पत्रकारले युक्रेनको पुनर्निर्माणमा रुसको पनि कुनै जिम्मेवारी हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ट्रम्पले रुसले यसमा सहयोग गर्ने बताए । उनले भने, ‘रुस चाहन्छ कि युक्रेन सफल होस् ।’

ट्रम्पका अनुसार युक्रेनको सफलता हेर्ने चाहनामा पुटिन निकै उदार देखिएका छन् । उनले यसमा ‘धेरै सस्तो मूल्यमा ऊर्जा, बिजुली र अन्य वस्तुको आपूर्ति’ पनि समावेश रहेको बताए ।

यद्यपि ट्रम्पले पुटिन युद्धविराममा सहमत नहुनुको कारण पनि उल्लेख गरे । उनका अनुसार पुटिन लडाइँ रोकेर पछि फेरि सुरु गर्न चाहँदैनन् ।

युद्ध कहिलेसम्म समाप्त होला भन्ने प्रश्नमा ट्रम्पले यो ‘केही हप्ताभित्र’ हुन पनि सक्ने र नहुन पनि सक्ने बताए । उनले भने, ‘केही हप्तामा हामीलाई थाहा हुनेछ कि यो एक दिशातिर अघि बढ्छ कि अर्कोतिर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?