+
+
Shares

गायिका त्रिशला गुरुङ उज्यालो नेपाल पार्टीबाट समानुपातिक उम्मेदवारमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गायिका र चिकित्सक त्रिशला गुरुङलाई समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
  • पार्टीले गुरुङलाई स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा उम्मेदवार अगाडि सारेको छ।
  • गुरुङले संसदमा स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो भन्ने मूल्यलाई केन्द्रमा राख्दै सुशासन र समावेशी नीति निर्माणका लागि आवाज उठाउने प्रतिबद्धता जनाएकी छन्।

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत चर्चित गायिका त्रिशला गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

चिकित्सक समेत रहेकी गुरुङलाई उक्त पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको हो ।

उक्त दलका अनुसार हालको स्वास्थ्य प्रणालीमा देखिएको असमान पहुँच, बढ्दो उपचार खर्च, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव र स्वास्थ्य बजेटको प्रभावहीन कार्यान्वयन प्रमुख चुनौतीका रूपमा रहेका छन् । डाक्टर गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी समस्यामाथि व्यवहारिक र प्रमाणमा आधारित बहस अघि बढाउने विश्वास पार्टीले व्यक्त गरेको छ ।

साथै, एक स्थापित गायिकाका रूपमा गुरुङले कला र संस्कृतिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्दै आएकी छन् । स्वास्थ्य र सांस्कृतिक चेतनालाई जोड्ने उनको बहुआयामिक पहिचानले संसदमा फरक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने उज्यालो नेपाल पार्टीको धारणा रहेको जनाइएको छ ।

समानुपातिक उम्मेदवारमा सिफारिस भएसँगै गुरुङले “स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो” भन्ने मूल्यलाई केन्द्रमा राख्दै, सुशासन, समावेशी नीति निर्माण र जनउत्तरदायी स्वास्थ्य प्रणालीका लागि संसदमा दृढ रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?