+
+
Shares

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

प्रहरीका अनुसार बागलुङको बागलुङ नगरपालिका-२ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १३:२१

१४ पुस, काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बागलुङको बागलुङ नगरपालिका-२ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका हुन् ।

एनसीबी अबुधाबी यूएईको समन्वयमा यूएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई ८ भदौ २०७७ मा रेड नोटिस जारी भएको थियो ।

आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?