+
+
Shares

इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १३:३९

१० असोज, काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल छिन् । दुबईमा पक्राउ परेकी उनलाई बिहीबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीविरुद्ध नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २१ चैत २०८१ मा रेड नोटिस जारी भएको थियो ।

उनी ठगी कसुरका अभियुक्त रहेको प्रहरीले बताएको छ । दाहाललाई मुद्दा सुनसरीमा रहेकाले अनुसन्धानका लागि सुनसरी पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?