
१२ भदौ, काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार एक जना व्यक्ति पक्राउ परेका छन् ।
सुर्खेत भेरीगङ्गा नगरपालिका-२ सप्तरी समाझिङ्घाका कृष्ण सुनार कुवेतमा पक्राउ परेका हुन् ।
सुनारलाई कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ गरेर बुधबार नेपाल ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
उनलाई कसुरबमोजिम कानूनी कारबाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4