+
+
Shares

नक्कली सुन दिएर ५ लाख ठगी, ४ जना पक्राउ

सक्कली सुन भन्दै नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १५:३३

१४ पुस, काठमाडौं । सक्कली सुन भन्दै नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका ४५ वर्षीय सुकुमान सिंह बस्नेत, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुरकै ५३ वर्षीय वीरबहादुर तामाङ भनिने बिवासित स्याङ्तान र नवलपरासी घर भएका ४२ वर्षीय जीतबहादुर तामाङ छन् ।

उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । ८ पुसमा कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुन भन्दै पहेँलो धातु दिएर ५ लाख ठगी गरकेो भन्ने उजुरी प्रहरीमा आएको थियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?