+
+
Shares

बाफलबाट २ थान पेस्तोलसहित ३ जना पक्राउ

नागार्जुन नगरपालिका–४ बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १५:३५

१४ पुस, काठमाडौं । नागार्जुन नगरपालिका–४ बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने ३२ वर्षीय झिल्के भनिने विकाश शाही, मोरङको लेटाङ नगरपालिका–४ का २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राई छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट सीएफ ९८ लेखिएको दुई थान पेस्तोल, त्यसको तीन् थान म्याग्जिन र २ राउन्ड गोली र २ थान खोका बरामद भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?