+
+
Shares

कैलालीमा २ वटा पेस्तोल र २८ राउन्ड गोलीसहित ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार गौरीगंगा नगरपालिकाको चौमालाबाट उनीहरूलाई पक्राउ गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई धनगढीमा पक्राउ गरिएको छ।
  • पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ का १९ वर्षीय समीर खड्का, आभाष चन्द, जिवेश सापकोटा र हिमाल आचार्य रहेका छन्।
  • इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दले उनीहरूको साथबाट टाईप-५४ र रिभल्भर गरी दुई पेस्तोल बरामद भएको बताए।

७ असोज, धनगढी । जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार गौरीगंगा नगरपालिकाको चौमालाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ बस्ने १९ वर्षीय समीर खड्का, १९ कै आभाष चन्द, गौरीगंगा-३ बस्ने २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले उनीहरू चारै जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको पुष्टि गरे।

चन्दले उनीहरूको साथबाट टाईप-५४ र रिभल्भर गरेर दुई वटा पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको बताए।

पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा ती हतियार ट्राफिक महाशाखा बग्गीखानाबाट लुटेको बयान दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?