+
+
Shares

निर्वाचन आयोगमा ७ वटा दलले बुझाए समानुपातिकको सूची (अपडेट)

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १६:३२

१४ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको हो ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।

दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जसपा नेपाल र गतिशिल लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको छन् ।

नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले १ सय १० जनाको सूची बुझाएको छ ।

त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० र गतिशिल लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?