+
+
Shares

नयाँ गृहसचिवमा राजकुमार श्रेष्ठ, दंगालको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १८:३९

१४ पुस, काठमाडौं । गृह मन्त्रालयमा सरुवा भएर आएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आएका गृह सचिव श्रेष्ठलाई स्वागत गरेका छन् । साथै नयाँ जिम्मेवारीमा सरुवा भई गएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गरेको कार्यप्रति धन्यवाद दिँदै बिदाइ गरिएको सचिवालयले जनाएको छ ।

यस्तै, गृह सचिवको नयाँ जिम्मेवारी सम्हालेका सचिव श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिए ।

यसअघि, गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारी साथीहरुको साथसहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने बताए ।

आगजनी र खरानीबाट उठेको यस मन्त्रालयलाई अहिले सामान्य अवस्थामा ल्याउन सरुवा भएर गएका गृह सचिव रामेश्वर दंगालसमक्ष  आभार प्रकट गरे ।

मन्त्रिपरिषदको पुस ११ गते बसेको बैठकले सचिव दंगालको लोक सेवा आयोगमा र सचिव श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा सचिव श्रेष्ठले अहिलेको बदलिँदो परिस्थिति र नागरिकको जनभावना अनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिए ।

बिदाइ कार्यक्रममा मन्त्रालयका सहसचिवहरू तथा विभागीय प्रमुखहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?