+
+
Shares

समानुपातिकको सूची टुङ्ग्याएर मध्यरातमा आयोग पुग्यो कांग्रेस, धमाधम क्लस्टर मिलाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १:३०

१५ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची तयार पारेको छ ।

लामो छलफलपछी समानुपातिक उम्मेदवारको सूची लिगेर काङ्ग्रेस नेताहरू मध्यरातमा आयोग पुगेका हुन् ।
आयोगमा रातभर कर्मचारीहरू बसेर बन्दसूची दर्ताको काम गरिरहेका छन् ।

राती साढे १२ बजेसम्म ४३ वटा दलले सूची पेश गरेका हुन् ।

आगामी फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र बन्दसूची पेश गर्नका लागि राजनीतिक दलहरूलाई भ्याइनभ्याइ देखिएको छ ।

आयोगले रसिद काटेर आयोगको कार्यालय पुगेकाको दर्ता गर्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?