+
+
Shares

महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्थामा पुग्नसक्छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चलाइरहेको हस्ताक्षर अभियानले पार्टी फुट्नसक्ने शंका व्यक्त गरे।
  • पार्टीमा विशेष महाधिवेशनको माग भइरहेको छ।
  • यस्तो बेलामा सिटौलाले पार्टीका नेताहरूलाई संगठनमा आगो लगाउने काम नगर्न आग्रह गरे।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चलाइरहेको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्थासम्म पुग्नसक्ने शंका गरेका छन् ।

बिहीबार बिहान आफ्नै निवासमा केही नेताहरूसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अहिले पार्टीका घरहरूमा मात्रै आगो लागेको भए पनि अब संगठनमै आगो लाग्ने बताए ।

‘अहिले दुईवटा महामन्त्रीले हस्ताक्षर अभियान चलाइरहेका छन् । यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने अवस्थासम्म पुर्‍याइदिन सक्छ,’ उनले भने, ‘हस्ताक्षर अभियान गर्ने र नगर्ने भइसकेपछि गर्ने एउटा एकातिर, नगर्ने अर्कोतिर हुन्छ ।’

पार्टीमा विशेष महाधिवेशनको माग भइरहेका बेला दुई महामन्त्रीले थालेको हस्ताक्षर अभियानबारे पार्टीको केन्द्रीय समितिमा छलफल हुने बताइएको छ ।

यसैबीच सिटौलाले पार्टीका नेताहरूलाई भेला पारेर कम्तिमा संगठनमा आगो लगाउने काम नगर्न आग्रह समेत गरेका छन् ।

‘घरमा त आगो लाग्यो, अब पार्टी र संगठनमा पनि आगो लाग्छ । कम्तिमा संगठनमा आगो लगाउने काम कसैले नगरौं छ,’ उनले भनेका छन् ।

आफ्नो पार्टीभित्र निर्वाचनका बेलामा पनि बढी अन्तर्घात हुने गरेको भन्दै उनले सचेत पनि गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?