+
फर्केर हेर्दा :

सन् २०२५ मा क्रिकेट : २५ अंकमा हेर्नुस् २५ रोचक तथ्य

२०८२ पुष  १७ गते ११:११ २०८२ पुष १७ गते ११:११

सन् २०२५ मा क्रिकेटले अनौठा संयोग, अकल्पनीय कीर्तिमान र आँकडाले भरिएका क्षणहरू दियो।

सन् २०२५ मा क्रिकेट : २५ अंकमा हेर्नुस् २५ रोचक तथ्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ मा दक्षिण अफ्रिकाले २७ वर्षपछि पहिलोपटक आईसीसीको विश्व टेस्ट च्याम्पियनसिप उपाधि जित्यो।
  • इन्डोनेसियाका गेदे प्रियन्दानाले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ५ विकेट लिएर क्रिकेट इतिहासमै पहिलो पटक कीर्तिमान कायम गरे।
  • भारतीय महिला क्रिकेट टोलीले ३ खेल हार्दै पनि महिला विश्वकप जितेर इतिहास रचे।

१७ पुस, काठमाडौं । सन् २०२५ क्रिकेटका लागि असाधारण वर्ष रह्यो । पुरुषदेखि महिला अनि टेस्ट र वान डे देखि टी–२० अन्तर्राष्ट्रिय तथा घरेलु लिगसम्म क्रिकेटले अनौठा संयोग, अकल्पनीय कीर्तिमान र आँकडाले भरिएका क्षणहरू दियो।

सन् २०२५ मा दक्षिण अफ्रिकाले २७ वर्षपछि पहिलोपटक आईसीसीको कुनै उपाधि जित्यो भने रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षको इतिहासमा पहिलोपटक आईपीएलको उपाधि जित्यो ।

त्यस्तै क्रिकेट इतिहासमा पहिलोपटक टी-२० मा ८ विकेट अनि एकै ओभरमा ५ विकेटजस्ता दुर्लभ कीर्तिमान पनि बने । भारतका १४ वर्षीय ब्याटर वेभव सूर्यवंशीले छक्काको वर्षात् गर्दै सानै उमेरमा शतक बनाउने कीर्तिमान समेत बनाए ।

यस्तै अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेज टेस्ट सिरिज जित्ने टोलीको ११ दिनमै टुंगो लाग्यो । ११ दिनमै टेस्ट शृंखला अस्ट्रेलियाले जित्यो ।

यिनै रोचक विषयहरूलाई समावेश गरेर वर्ष २०२५ लाई परिभाषित गर्ने २५ महत्वपूर्ण अनि रोचक तथ्यहरू आज प्रस्तुत गरेका छौं :

१. भारतको दुर्भाग्यपूर्ण टस रेकर्ड : भारतले लगातार २० वटा वान डे टस हारेको तथ्यांक सन् २०२५ को सबैभन्दा अनौठो संयोग बन्यो। २०२३ विश्वकप फाइनलबाट सुरु भएको यो सिलसिला वर्षको अन्तिम वानडेमा पुगेर मात्र रोकियो। यसको सम्भावना १० लाख ४८ हजार ५७६ पटकमा एकपटक मात्र हुन्छ।

२. एसेजका टेस्ट दुई दिनमै समाप्त : अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेज २०२५-२६ का दुई टेस्ट खेल दुई दिनमै सकिए, जुन पहिलो विश्वयुद्धपछि पहिलो पटक भएको हो। यसअघि यस्तो घटना सन् १९१२ मा मात्र देखिएको थियो।

३. हार्दै–हार्दै पनि भारत महिला विश्व विजेता : भारतीय महिला क्रिकेट टोलीले खेल हारे पनि विश्वकप जितेर इतिहास बनायो। महिला विश्वकपमा यस्तो पहिलो पटक भएको हो।

४. चेन्नई सुपर किङ्सको युवा रणनीतिमा परिवर्तन : चेन्नई सुपर किंग्सले एक खेलमा २२ वर्षमुनिका खेलाडी उतार्‍यो, जुन क्लब इतिहासमै सबैभन्दा धेरै हो। अनुभवमै विश्वास गर्ने टोली अब युवातर्फ मोडिएको संकेत हो।

५. एक ओभर, पाँच विकेट : इन्डोनेसियाका गेदे प्रियन्दानाले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा विकेट लिएर क्रिकेट इतिहासमै पहिलो पटक यो कीर्तिमान कायम गरे।

६. ६ रनको रोमाञ्चक टेस्ट जित : भारतले इंग्ल्यान्डसँग भएको टेस्ट शृंखलाअन्तर्गत पहिलो खेलमा रनको जित निकालेको थियो । भारतका लागि टेस्ट क्रिकेटमा यो सबैभन्दा साँघुरो जित हो, त्यो पनि ३०० भन्दा बढी रनको लक्ष्य जोगाउने क्रममा जितेको थियो ।

७. ७ खेल हारेर पनि च्याम्पियन : अमेरिकी मेजर लिग क्रिकेटमा एमआई न्युयोर्कले १० मध्ये ७ खेल हारेर पनि उपाधि जित्यो, जुन टी–२० इतिहासमै दुर्लभ सफलता हो।

. टी–२० मा ८ विकेट : भुटानका सोनाम येशेले एकै टी–२० खेलमा विकेट लिएर कुनै पनि टी-२० क्रिकेटमा दुर्लभ हुने कीर्तिमान कायम गरे ।

९. आरसिबीको बाहिरी मैदानमा दबदबा : रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बाहिरी मैदानमा खेलेका सबै खेल जित्यो, यो उपलब्धि यसअघि कुनै टोलीले हासिल गरेको थिएन।

१०. दक्षिण अफ्रिकाको स्वर्णिम टेस्ट यात्रा : दक्षिण अफ्रिकाले लगातार १० टेस्ट जित्दै विश्व टेस्ट च्याम्पियनसिपको फाइनल समेत जित्यो।

११. सबैभन्दा छिटो एसेज सिरिज जित : अस्ट्रेलियाले ११ दिनमै एसेज शृंखला जित्यो, जुन इतिहासकै दोस्रो छिटो हो।

१२. १२ वर्षपछि घरेलु मैदानमा विराट : विराट कोहलीले १२ वर्षभन्दा बढी समयपछि दिल्लीका लागि लिस्ट–ए क्रिकेट खेले, जुन आफैंमा ऐतिहासिक थियो।

१३. शाई होपको अनौठो कीर्तिमान : वेस्ट इन्डिजका ब्याटर शाई होप १३ फरक टोलीविरुद्ध शतक बनाउने पहिलो ब्याटर बने।

१४. १४ वर्षमै शतक : भारतका १४ वर्षीय ब्याटर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै लिस्ट–ए शतक बनाउँदै इतिहास रचे ।

१५. इटाली विश्वकपमा : इटालीले आगामी टी–२० विश्वकप २०२६ मा स्थान पक्का गर्‍यो । विश्वकप खेल्ने १५औं एसोसिएट राष्ट्र बन्यो ।

१६. घरेलु टेस्टमा भारतको पतन : भारतले दक्षिण अफ्रिकाविरुद्ध प्रति विकेट औसत १६ रन मात्र बनायो, जुन घरेलु टेस्ट इतिहासकै खराब प्रदर्शन हो।

१७. भारतको टी–२० अपराजेयता : भारतको पुरुष क्रिकेट टोलीले २०२३ यता खेलेका १७ वटै टी–२०आई खेल जितेको छ ।

१८. धोनीबिनाको दोस्रो आईपीएल फाइनल : आईपीएलका १८ संस्करणपछि पहिलो पटक लगातार दुई आईपीएल फाइनल चेन्नई सुपर किङ्सका लेजेन्ड एमएस धोनीबिना नै सम्पन्न भए ।

१९. १९ छक्काको आँधी : न्युजिल्यान्डका ब्याटर फिन एलेनले एक टी–२० खेलमा १९ छक्का प्रहार गरेर नयाँ विश्व कीर्तिमान कायम गरे ।

२०. स्पेनको अविश्वसनीय जित शृंखला : स्पेनले टी–२० अन्तर्राष्ट्रियमा लगातार २० खेल जित्दै विश्व क्रिकेटलाई चकित पार्‍यो।

२१. शेफाली वर्माको पुनरागमन कथा : २१ वर्षको उमेरमै महिला विश्वकप फाइनलको प्लेयर अफ द म्याच जित्दै शेफाली वर्माले अविस्मरणीय पुनरागमन गरिन्।

२२. इंग्ल्यान्डको कमजोर ओपनिङ : एसेज सिरिजमा इंग्ल्यान्डको ओपनिङ जोडी औसत २२ बलमै आउट भयो, यो इंग्ल्यान्डका लागि सबैभन्दा खराब आँकडा हो ।

२३. मिचेल स्टार्कको विनाश : अस्ट्रेलियाका बाँयाहाते पेस बलर मिचेल स्टार्कले २०२५ मा २३ इनिङमा आफ्नो पहिलो ओभरमै विकेट प्राप्त गरे ।

२४. जैसवालको ऐतिहासिक सुरुवात : भारतका बाँयाहाते ओपनिङ ब्याटर यशस्वी जैसवालले २४ वर्षको उमेरअघि नै टेस्टमा ५ पटक १५० भन्दा माथिको स्कोर बनाएर यो रेकर्ड बनाउने दोस्रो खेलाडी बने । पहिलो स्थानमा अस्ट्रेलियाका लेजेन्डरी टेस्ट ब्याटर सर डोनाल्ड ब्राडम्यान छन् ।

२५. महिला वानडेमा रनको वर्षा : सन् २०२५ मा महिलाका वानडे खेलहरूमा २५ पटक ३०० भन्दा माथिको योगफल बने ।

-क्रिकबजले तयार पारेको सामग्रीको आधारमा

रोचक तथ्य सन् २०२५ मा क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय